काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएका हुन् ।
उनले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताए । उनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने बताए । उनले देशका गौरवाशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुने बताए । उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताए ।
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि (बुधवार) चियापान कार्यक्रम गर्ने भएको छ ।