कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्ने भएका छन् । केहीबेर अघि एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार गठनका लागि सहमति जुटाएको हो ।
केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार बनाउने विषयमा सहमति जुटेको बताइएको छ ।