काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
उपचारका क्रममा बिहान ५ बजे निधन भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
उनको शरिरको ८० प्रतिशत भाग जलेको थियो।