logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री

    अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री

    1.1K
    Shares
    अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । आईतवार नेपाल आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

    उनले कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरुलाई जोड दिनु नै अर्थतन्त्रको सुधार गर्ने मुख्य उपाय भएको बताए । उनले कृषिको सुधारका लागि आवश्यक प्रविधि, ज्ञान र सिप विकासको कुरा प्राथमिकतामा पर्नुपर्ने बताए ।

    उनले भने– ‘नेपालमा पहिलो कृषि नै हो । कृषिको आधुनिकीकरण, उत्पादकत्व वृद्धि र कृषिमा आधारित उद्योगहरुतिर जोड दिने एउटा अभियानतिर देशलाई लैजान सकिएन भने आत्मनिर्भरता हुने या अर्थतन्त्रमा सुधार गर्ने अन्य उपायहरु सहायक नै हुन्छन् । त्यसले निर्णायक र गुणात्मक परिवर्तन ल्याउँदैन । त्यसकारण कृषिमा सुधार, त्यसको लागि चाहिने अन्य आवश्यक प्रविधि, ज्ञान, सिपको विकास नै प्राथमिकतामा पर्नुपर्छ । विकसित भन्दा विकसित देशले पनि भन्ने गर्छन् के हो प्राथमिकता भन्दा शिक्षा । शिक्षा त हुँदै हो । शिक्षा, स्वास्थ्य र कृषि । अन्य क्षेत्र हाम्रो छदैछ पोटेन्सियल भएका । तर फेरिपनि एउटा अठोटका साथ एकपटक यो देशलाई आर्थिक रुपले समृद्धिको एउटा ट्रयाकतिर लैजाने सम्भावना छ हामीसँग । हामीसँग त्यो ज्ञानको कमी नै चाहीँ होइन । तर त्यसको सही परिचालन, सही योजना र सही नीतिका साथ त्यसलाई लैजाने काममा चुनौति अहिले पनि छन् ।’

    प्रधानमन्त्री दाहालले देशको आर्थिक विकासको निम्ति संघीय संरचनालाई सुदृढ गर्न जरुरी रहेको बताए । उनले संविधानले परिकल्पना गरे अनुरुप संघीय संरचना चलाउने ऐन नै नबनाइकन संघीयता उपयुक्त भएन भन्ने निस्कर्ष निकाल्न नहुने बताए । उनले जनतालाई अधिकार सम्पन्न बनाउनेतिर ध्यान जान जरुरी रहेको भन्दै जनतामा गएको अधिकार खोस्नु दुर्भाग्यपूर्ण हुने बताए । प्रधानमन्त्री दाहालले आफूले अहिले देशको अर्थतन्त्र सुधारको विषयलाई उच्च प्राथमिकता दिएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend