काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ ।
यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।