logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

    राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

    1.3K
    Shares
    राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

    काठमाडौं । एमालेसँग सम्बन्ध तोडेर कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनुपर्नेछ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयका अनुसार राष्ट्रपतिको निर्वाचन लगत्तै संसदबाट विश्वासको मत लिएर सरकारलाई गति दिने प्रधानमन्त्री प्रचण्डको चाहना छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री प्रचण्डको सचिवालयले विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा राय लिएको थियो । त्यसक्रममा प्रधानमन्त्रीले विश्वासको मत नलिए पनि हुन्छ र लिनैपर्छ भन्ने दुबै खालको सुझाव आएको सचिवालयका एक सदस्य बताउँछन् ।

    धेरैजसो सुझाव विश्वासको मत लिनुपर्छ भन्ने आएको र यसमा प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक भएको ले विश्वासको मत लिने निचोडमा पुगिएको नेताहरु बताउँछन् । सचिवालयका एक सदस्य भन्छन्, ‘राष्ट्रपतिको निर्वाचन लगत्तै विश्वासको मत लिएर संसद र सरकारलाई गति दिने कुरा नै बढी उत्तम हुन्छ भन्नेमा पुगिएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend