logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सामूहिक विवेक प्रयोग गरेर आर्थिक संकट समाधान गर्छौं : प्रधानमन्त्री

    सामूहिक विवेक प्रयोग गरेर आर्थिक संकट समाधान गर्छौं : प्रधानमन्त्री

    1.5K
    Shares
    सामूहिक विवेक प्रयोग गरेर आर्थिक संकट समाधान गर्छौं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताएका छन् ।

    मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिन भित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उनको भनाई थियो ।

    मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको रुपमा असफल हुने छुट नरहेको बताए ।

    उनले मुलुकभित्रै छिट्टै पेट्रोल उत्पादन हुने विश्वास व्यक्त गरे । त्यसका लागि अध्ययन र अनुसन्धानको काम धेरै अघि बढिसकेको प्रधानमन्त्री दाहालका जिकीर थियो ।

    प्रधानमन्त्री दाहालले विद्युत व्यापारबाटै व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने दावी गरे । मुलुक विद्युतमा आत्मनिर्भर भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई विक्री गर्नका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहमती गरेको बताए ।

    आफू हाईड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताउँदै उनले डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढ्न नेपाल विद्युत प्राधिकरणका एमडी कूलमान घिसिङले प्रधानमन्त्री बनेको बेला सल्लाह दिएको बताए । सोही सल्लाह अनुसार आफूले प्रधानमन्त्री कार्यालयमा त्यसको तयारीका लागि छलफल अघि बढाएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

    प्रधानमन्त्री दाहालले ग्रिन इनर्जीबाट हाइड्रोजन इनर्जीमा गएर मुलुकमा विभिन्न उद्योग, व्यवसाय संचालन गरी आर्थिक गतिविधिलाई अघि बढाउन सकिने स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend