काठमाडौं । चौतर्फी विरोध भएपछि राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएको राष्ट्रपतिको फोटो फेरिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइटमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो एडिट गरेर राखिएको थियो । जसले गर्दा राष्ट्रपतिको हुलिया नै फरक परेको भन्दै चौतर्फी विरोध भएपछि अहिले प्राकृतिक फोटो वेबसाइटमा राखिएको छ ।
राष्ट्रपति पौडेलको दायाँ आँखामुनी र बायाँ गालामा कोठी स्पष्ट रुपमा देखिन्छन् । तर, यसअघि वेवसाइटमा राखिएको फोटोमा कोठी मेटाइएको थियो ।
यस्तै, उमेरका कारण प्राकृतिक रुपमा आँखा र अनुहारमा देखिने चाउरीपन पनि फोटोसपबाट मेटिएको थियो । अहिले राखिएको फोटोमा यी सबै चिज देख्न पाइन्छ ।