काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।
राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका हुन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो ।
पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए ।