बुधबार, बैशाख १७ २०८२

बुधबार, बैशाख १७ २०८२

निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन गृहको जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र

निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन गृहको जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र

काठमाडौं । भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै मन्त्रालयले यात्रु ओसार पसार गर्ने निजी साधनहरुलाई नियन्त्रणमा लिन भनेको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले केही दिन अघि निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको गुनासो गरेपछि मन्त्रालयले कारबाहीका लागि परिपत्र जारी गरेको हो ।

निजी सवारी साधनहरुले भाडा लिएर यात्रु ओसार पसार गर्दा सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुगेको भन्दै यातायात ब्यवसायी महासंघले गृह मन्त्रालयलाइ गुहारेको थियो ।

मन्त्रालयको निर्देशनसँगै भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्ने भएका छन् । यसको प्रत्यक्ष असर पठाओ, इन ड्राइभरलगायतका राइड शेयरिङहरुमा पनि पर्ने छ ।

राइड शेयरिङ कम्पनीहरुले काम सुरु गरेसँगै नेपालमा निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेका हुन । मोटरसाइकल, कार, भ्यानलगायतका निजी सवारी साधनहरुले यात्रु बोक्दा सार्वजनिक यातायातका साधन तथा ट्याक्सीहरु मारमा परेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend