बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

जहाज चार्टर गरेर नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई पर्यटन मन्त्रीले गरे स्वागत

जहाज चार्टर गरेर नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई पर्यटन मन्त्रीले गरे स्वागत

काठमाडौं । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले स्वागत गरेका हुन् ।

आज बिहान १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका हुन् ।

पर्यटकहरुलाई नेपाली मौलिक बाजा पञ्चेबाजा बजाएर पनि स्वागत गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend