logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरुवा, बढुवामा कुनैपनि राजनीतिक हस्तक्षेप छैनः महानिरीक्षक अर्याल

    सरुवा, बढुवामा कुनैपनि राजनीतिक हस्तक्षेप छैनः महानिरीक्षक अर्याल

    1.1K
    Shares
    सरुवा, बढुवामा कुनैपनि राजनीतिक हस्तक्षेप छैनः महानिरीक्षक अर्याल

    काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् । सोमवार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरिक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् ।

    उनले सरुवा, बढुवा संगठनले चाहे अनुसार नै भइरहेको स्पष्ट पारे । उनले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरुलाई हटाइएको पनि बताए । उनले सीमा सुरक्षा गर्नु आफूहरुको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे । महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सो का लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए ।

    उनले भने, ‘सादा पोशाकमा हुने विकृति हटाएको हो । सादा पोशाकबाट गएर बार्गेनिङ गर्ने काम हुँदैन । त्यो प्रवृत्ति हटाएको हो । त्यस्तो राजनीतिक हस्तक्षेप कुनैपनि छैन यो सशस्त्र प्रहरी बलमा । हामीले संगठनले चाहे अनुसारको सरुवा, बढुवा गरेका छौँ । प्राथमिकताका आधारमा सीमामा जनशक्ति राख्दै जान्छौँ । सुविधा पाउँदा मात्रै गर्छौं भन्ने होइन । सुविधा नपाउँदाखेरी टेन्ट टाँगेर पनि बसेर गर्नुपर्ने हुन्छ । त्यसैले हामी बिओपीलाई प्राथमिकता दिएर हामी यो काम गर्दै जान्छौँ । डिजिटलाइजेशन गर्ने हाम्रो मुख्य लक्ष्य छ । यसको लागि सरकारले पनि सहयोग गर्दै आएको छ । बजेटको सुनिश्चितता पनि दिइसकेको छ । हामीले यहाँ सेन्टरमा बसेर सबै ठाउँको मनिटर गर्नसक्यौँ भने राम्रो हुन्छ भन्ने हिसाबले काम गरेका छौँ ।’

    उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रुपमा स्थापित गर्ने उद्देश्यसहित अगाडी बढिरहेको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend