काठमाडौँ । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याएर ल्याइँदै अदालतमा पेस गरिने भएको छ ।
नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार बुटवलबाट सन्दीप पक्राउ परेका हुन् ।
रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।
यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।