logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले यस वर्ष रासायनिक मलको अभाव हुन दिँदैनः कृषिसचिव शर्मा

    सरकारले यस वर्ष रासायनिक मलको अभाव हुन दिँदैनः कृषिसचिव शर्मा

    910
    Shares
    सरकारले यस वर्ष रासायनिक मलको अभाव हुन दिँदैनः कृषिसचिव शर्मा

    काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने बताएका छन् ।

    बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव शर्माले यस्तो बताएका हुन् ।

    उनले कृषकको लागि आवश्यक मल खरिदको लागि मन्त्रालयले खरिद सम्झौता गरिसकेको बताए । उनले रासायनिक मल खरिदको लागि अर्को वर्षमा दायित्व सिर्जना हुनेगरी मन्त्रालयको २ अर्ब ४० करोड र अर्थ मन्त्रालयको २ अर्ब ६० करोड गरी ५ अर्ब ७० करोडको मल खरिद गर्न लागिएको बताए । उनले यो वर्ष अहिले सम्मकै धेरै ४ लाख ७२ हजार मेट्रिक टन रासायनिक मल खरिदको टेण्डर निकालिएको बताए ।

    उनले अब खरिद सम्झौता हुन ५५ हजार मेट्रिक टन रहेको बताए । उनले हालसम्म आयात भएको रासायनिक मल २ लाख ७७ हजार ५०० मेट्रिक टन रहेको बताए । उनले आयात हुने प्रक्रियामा १ लाख ४६ हजार मेट्रिक टन रहेको भन्दै यो सात वर्षको तुलनामा अधिकतम भएको बताए । सचिव शर्माले मन्त्रालय जेठ १५ को बजेटमा स्रोत सुनिश्चिता हुनेगरी १५ अर्बको २ लाख २ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर भइसकेको बताए । उनले मन्त्रालयले मंसिरसम्म रासायनिक मल अभाव नहुने गरी व्यवस्थापन भएको बताए ।

    उनले सरकारले रासायनिक मल ल्याउनको लागि सरकारले जिटुजी सम्झौता गरिरहेको बताए । उनले सरकारसँग अहिले रासायनिक मलको मौज्दात कृषि सामग्री कम्पनीसँग ४३ हजार ६७७ र साल्ट ट्रेनिङमा १६ हजार ५८२ मेट्रिक टन रहेको बताए । उनले विगतका वर्षहरुमा भन्दा यो वर्ष रासायनिक मलमा सहज अवस्थामा रहेको बताए । उनले सरकारसँग युरिया ४० हजार ७२४ र डिएभी १९ हजार ३१० मेट्रिक टन रहेको बताए । सचिव शर्माले करिव ६० हजार मेट्रिक टन डिइभी भए पुग्ने बताए ।

    सचिव शर्माले आफूहरुले अर्थ मन्त्रालयले ५ प्रतिशत बजेट कृषि मन्त्रालयलाई छुट्याउनुपर्ने माग गरेको बताए । उनले सरकारले कृषि मन्त्रालयको लागि बजेट र प्राविधिक कर्मचारी बढाउनुपर्ने बताए । उनले प्राविधिक जनशक्तिहरु पलायन हुने क्रम बढेको भन्दै मन्त्रालयमा बजेट मात्रै बढाएर नहुने बताए । उनले कृषि मन्त्रालय अन्तर्गतका धेरै जनशक्तिहरु घटेको भन्दै सरकार जनशक्ति समयमा नै पदपूर्ति नगर्ने हो भने ठूलो खाडल देखिने बताए ।

    उनले सरकारसँग कृषि मन्त्रालयको विशेष माग प्राविधिक कर्मचारी पदपूर्ति गर्नुपर्ने रहेको बताए । उनले किसानहरुलाई सहुलियतमा ऋण प्रवाह गर्ने विषयमा मन्त्रालयको मातहतमा नभएको भन्दै किसानको सहुलियत ऋणको रकम र सख्या बढाउनुपर्ने बताए । उनले किसानहरुलाई कृषि कर्जा लिनको लागि धितोको समस्या रहेको भन्दै धितोको कारण कर्जा नपाउने समस्या नीतिगत भएको बताए ।

    उनले कृषि बीमामा रहेको समस्या अनलाइन प्रणाली लागू गरेर समाधान गर्न लागिरपरेको बताए । उनले किसान पेन्सनको विषयमा कृषि मन्त्रालयसँग जोडिएपनि कानूनी रुपमा अर्थ मन्त्रालयले सल्टाउनुपर्ने विषय भएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend