logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • ताप्लेजुङ पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

    ताप्लेजुङ पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

    1.2K
    Shares
    ताप्लेजुङ पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

    ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो ।

    सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएका जानकारी दिए ।

    त्यस्तै, सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भिर घाइते भएका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए। उनका अनुसार पहिरोमा गम्भिर घाइते भएका राजकुमार राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ ।

    ओढारमा बसेका तीन जनाको सम्पर्क

    ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन् । बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन् ।

    निरन्तर वर्षासँगै बाढी पहिरोले उँहाहरु बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो । गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए । बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।

    उनका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन् । कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

    उनले भने, ‘बाढीसँगै आएको खोला घटेको छैन । खोला तरेर जाने सम्भव छैन । पानी पर्न केही छिनमा रोक्ने केही छिमै पर्ने क्रम चलिरहेको छ ।’ सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जान समस्या भएको तामाङको भनाइ रहेको छ । आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहेपनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए ।

    उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन । आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend