logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चापाकोटमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, स्थानीय हर्षित

    चापाकोटमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, स्थानीय हर्षित

    5.1K
    Shares
    चापाकोटमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, स्थानीय हर्षित

    सुनिल न्यौपाने,स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

    गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो ।

    स्वास्थ्य संस्था (वर्थिङ सेन्टर) बाट बुटवल,पाल्पा र पोखरा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख देव बहादुर खाणले बताए । ‘वार्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा नगरको एम्बुलेन्सले निःशुल्क सेवा दिने छ, खाणले भने, ‘स्वास्थ्य संवेदनशील विषय हो यसमा नगरपालिका उत्तरदायी छ, ।’

    चापाकोट नगरपालिकाले अहिले आफ्नै नयाँ एम्बुलेन्स खरिद गरेसंगै यो कार्यक्रमलाई अगाडि बढाएको हो । नगरवासी महिलाहरू गर्भवती तथा सुत्केरी अवस्था रिफर भएमा निःशुल्क सेवा दिने चापाकोट नगरपालिकाकि उपप्रमुख इशा रानाले बताइन् ।

    निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरी नगवासिको स्वास्थ्य क्षेत्रमा पालिका संवेदनशील बनेको स्थानीयहरूको भनाई छ । केही समय पहिला सम्म नगरमा एम्बुलेन्स नहुँदा धेरै समस्या थियो । अहिले नगरले यसरी निःशुल्क सेवा दिने निर्णय गरेकोमा खुसी भएको स्थानीय बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend