काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट पारित गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगन गरिएको छ ।
नगर सभामा यहीं १० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्ताव पेश गरेकी थिइन् ।
वडाको योजना छनोटका लागि केही समय थप आवश्यक भएकाले नगरसभा बैठक स्थगित गरिएको सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।
अर्को बैठक यही असार २६ गतेका लागि तोकिएको छ ।