काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले संघीय सांसद सुनिल शर्मालाई नियन्त्रणमा लिइएको बारेमा औपचारिक जानकारी सभामुखलाई दिएको छ ।
सीआईबीले संसद सचिवालयलाई पत्र लेख्दै नक्कली शैक्षिक प्रमाणपत्र किर्तेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सभामुखलाई जानकारी गराएको छ ।