logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन नियुक्त

    पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन नियुक्त

    16.9K
    Shares
    पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन नियुक्त

    काठमाडौँँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकका लक्ष्मी पुन नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

    पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।  द वाकर अनलाइनको सञ्चालक तथा सम्पादक रहेकी पुन प्रेस सेन्टर नेपालको सल्लाहकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघका सचिव, प्रेस सेन्टर नेपालको उपाध्यक्ष, पूर्व गृहमन्त्री जनार्दन शर्माको प्रेस सल्लाहकारसमेत भइसकेकी छन् ।

    स्थायी रुकुम पश्चिमको सानीभेरी गाउँपालिका रहेकी उनी युद्ध पत्रकारिता गरेकी हुन् । अध्ययनमा पुनले कानूनमा स्नातक र अंग्रेजी विषयमा स्नातकोत्तर तह गरेकी छन् । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस एक गते सकिएको थियो । पुनले बिहीबार पदभार ग्रहण गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend