काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको आरोप लगाउनुभएको छ ।
मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आायेजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेस प्रदेश बाहेकको नाम संघीयता विपरित राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाउनुभयो । उहाँले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको दाबी समेत गर्नुभयो ।
उहाँले संघीयता विपरित नामाकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको आोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै हो । अरु प्रदेशको नामाकरण राजा महेन्द्रको पथमा भएका छन् । कोशी नदीको नाममा कोशी अञ्चल, मेची नदीको नाममा मेची अञ्चल, महाकाली नदीको नाममा महाकाली अञ्चल ।
त्यही पथमा वागमती प्रदेश, गण्डकी नदीको नाममा गण्डकी प्रदेश, कोशी नदीको नाममा कोशी प्रदेश, कर्णालीको नाममा कर्णाली प्रदेश छन् । प्रदेशको नामाकरण संघीयताको विपरित भएको छ । कोशी प्रदेशका जनताले नाम अस्वीकार गरे । जनता सडकमा लडेर सहादत प्राप्त भए । पहिचानमा आधातिर संघीयताको सिद्धान्त विपरित नाम राखिएको छ ।
पहिचानको आधारमा नभएपछि कोशी प्रदेशका जनताले नाम अस्वीकार गरे ।’ अध्यक्ष यादवले मधेस प्रदेशको मुख्य चुनौति भ्रष्टाचार रहेको बताउनुभयो । उहाँले प्रदेशको समुन्नत विकासका लागि सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचार बिरुद्ध निर्मम भएर काम गर्न आग्रह गर्नुभयो ।