काठमाडौँ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली गाउँमा अहिले बेलुका करिव ७ बजेतिर चट्याङ परेर ४ जना घाईते भएका छन् ।
चट्याङ लागेर घाइृत हुनेहरुमा बेलुदेवी खड्का, उनका ८ वर्षीय छोरा एकेन्द्रबहादुर खड्का, लुड्किदेवी खड्का र दुदादेबी रावत रहेका बताइएको छ ।
यसैगरी चट्याङकै कारण आईते रावतको भैँसी मरेको बताइएको छ । उनको खरले छाएको घर जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय शिक्षक सुरेश खड्काले बताए ।
घाईतेहरुको उद्धारमा गोर्खाली युवा कलबका टोलीहरु जुटिरहेको कल्वका अध्यक्ष मीनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।