\

शुक्रबार, फाल्गुन ९ २०८१

शुक्रबार, फाल्गुन ९ २०८१

दैनिक एक हजार बिपन्न गरीव मजदुरलाई निशुल्क खाना खुवाउदै समाजसेवी बिष्णु पोखरेल

दैनिक एक हजार बिपन्न गरीव मजदुरलाई निशुल्क खाना खुवाउदै समाजसेवी बिष्णु पोखरेल

२२ वैशाख, काठमाडौं । काठमाडौँको बनस्थली खरीबोटमा रहेको मदर रिसेप्सनले लकडाउनको समयमा भोकै रहेका विपन्न, सडक बालबालिका, र दैनिक ज्याला मजदुरहरुलाई बिहान बेलुका खाना खुवाउने कार्यक्रम आज १४ औ दिन पुगेको छ।

मदर रिसेप्सनका संचालक बिष्णु पोखरेलको शुरु गरेको अभियान ब्यापक बन्दै गएपछि त्यसबाट दैनिक एक हजार भन्दा बढीलाई खाना खुवाउन थालिएको र राज्यका तर्फबाट अहिलेसम्म कसैको सहयोग नलिएको बरु कार्यक्रम ब्यापक बन्दै गएपछि स्थानीय २५ जना युवाहरुको टोली नै बनाएर खाना खुवाउन थालिएको उँहाको भनाई छ।

हेर्नुहोस एक रिपोर्ट

अहिलेलाई २५ गतेसम्म रहेको लकडाउनसम्म खुवाउने योजना बनाएकोमा पछिल्लो समय टोल सुधार समिति र बिभिन्न मनकारी ब्याक्तिहरु कसैले नगद कसैले सामान कसैले जिन्सी सहयोग गरेको समेत गरीरहेका छन्।

मदर रिसेप्सन खरीबोटमा खाना खानकै लागी बसपार्क कालिमाटी कलंकी सितापाइला बाट समेत हिडेर आउने गरेको र आफुहरुले हप्तामा एक दिन मासु एक दिन तीन दिनमा अण्डा करी र दाल भात तरकारी खुवाउने गरेको पोखरेलले जानकारी दिनुभयो।

आफुले ब्याक्तिगत रुपमा अरु ३०० जनालाई पनि राहत बाडीसकेको बताउदै अहिलेपनि कसैको चुलो नै निभ्ने अवस्था आएमा अझै पनि सहयोग गर्न तयार रहेको उँहाको भनाई छ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend