२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीय बासिन्दाको विशाल प्रदर्शन

मंगलवार , फाल्गुण ६, २०८१

अर्जुन कटुवाल/ फुङलिङ

ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेपछि आक्रोशित स्थानीयहरुले पाथिभरामा छिटो केबुलकार निर्माण प्रक्रिया सुरु गर्न भन्दै सदरमुकाम फुङलिङमा प्रदर्शन गरेका छन्।

ताप्लेजुङको विकास र सम्वृद्धि रोक्न जिल्ला बाहिरका मान्छेहरु नलाग्न चेतावनी दिदै ताप्लेजुङ्ग विकास प्रेमी युवा समाजको आयोजनामा यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्माण प्रक्रिया तत्कालै थाल्न दबाब सिर्जना गर्न मंगलबार स्थानीयहरु प्रदर्शनमा उत्रिएका हुन् ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरुले ताप्लेजुङ के भन्छ ? केबुलकार ले भन्छ। स्थानीयबासीहरु के भन्छन ? केबुलकार लेउ भन्छन जस्ता नारा लगाएका थिए।

पाथिभरामा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि र बाहिरका मान्छेको स्वार्थ हाबी हुन थालेपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न थालेको छ ।

मन्दिरको ऐतिहासिकता मासिने भ्रम छरेर विकासको काममा अवरोध गरेपछि स्थानीय सडकमै ओर्लिन थालेका छन्।

केबुलकार निर्माणपश्चात् जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा स्थानीय उत्पादनले बजार पाइ जिल्लाको अर्थतन्त्र चलायमान हुने भएकाले ठुलो लगानीको यस बृहत् परियोजनालाई जिल्लामा स्वागत गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट