logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल चेम्बर र अर्मेनियाको चेम्बरले आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने

    नेपाल चेम्बर र अर्मेनियाको चेम्बरले आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने

    700
    Shares
    नेपाल चेम्बर र अर्मेनियाको चेम्बरले आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरे ।

    दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्वन्ध विस्तार लयायतका विभन्नि ८ विषयमा सहकार्यको सम्झौता भएको हो । संयुक्त लगानीमा उत्पादित बस्तुहरुको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए ।

    यस्तै नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधीले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमणका लागि पनि सहजिकरण गर्ने सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको छ ।

    नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यन्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ । नेपाल र अर्मेनियाबीच सन १९९३ मार्चमा कुटनीतिक सम्वन्ध स्थापना भएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend