logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुग्यो

    अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुग्यो

    889
    Shares
    अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुग्यो

    काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर अप्रिलमा लगातार दोस्रो महिना बढेर ४.१ प्रतिशत पुगेको छ । अस्ट्रेलियाको तथ्याङ्क ब्युरो (एबीएस) ले बिहीवार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको छ । जुन जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर हो ।

    बेरोजगारी दरमा वृद्धि मार्च र अप्रिलको बीचमा ३८ हजार ५ सय जनाले रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्यामा वृद्धि भएपनि ४४ हजार ६ सय आंशिक रुपमा र पूर्ण–समय भुमिकामा ६ हजार १ सयको गिरावट आएको छ । सोही अवधिमा, बेरोजगार व्यक्तिहरूको संख्या ३० हजार ३ सयले बढेर ६ लाख ४ हजार २ सयमा पुगेको छ ।

    रोजगारीमा रहेका वा कामको खोजीमा रहेका काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्ने सहभागिता दर मार्चमा रहेको ६६.६ प्रतिशतको तुलनामा अप्रिलमा अलिकति बढेर ६६.७ प्रतिशत पुगेको छ । अप्रिलमा अष्ट्रेलियालीहरूले काम गरेको कुल घण्टाको संख्या १.९६ बिलियन थियो । अप्रिल २०२३ को तुलनामा १ करोड ५० लाख कम हो ।

    कोषाध्यक्ष जिम चाल्मर्सले प्रश्तुत गरेको संघीय बजेटले जुन २०२४ सम्ममा बेरोजगारी ४.२५ प्रतिशत र जुन २०२५ सम्म ४.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend