logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुबेदीले पशुपतिनाथको भेटी चोरीएको आरोप

    पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुबेदीले पशुपतिनाथको भेटी चोरीएको आरोप

    1.6K
    Shares
    पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुबेदीले पशुपतिनाथको भेटी चोरीएको आरोप

    काठमाडौँ । भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गराउने कार्यमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको आरोप लागेको छ ।

    कोषाध्यक्ष सुवेदीसहितका केही कर्मचारीकै निर्देशनमा आफूले भेटी चेर्ने गरेको भेटी चोर्दा चोर्दै सोमबार पक्राउ परेका अनिल परियारले आरोप लगाएका थिए । मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सीसीटीभीको निगरानीमा राख्दा भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जनालाई सोमबार रंगेहात पक्राउ गरी प्रहरी वृत्त गौसालालाई बुझाइएको कोषका कोषअध्यक्ष रेवतीरमण अधिकारीले बताए ।

    पक्राउ परेका मध्ये कर्मचारी अनिल परियारले सुवेदीको नाम पनि पोलेका हुन् । उनले आफू पशुपतिमा बाजा बजाउने निम्न स्तरको कर्मचारी रहेको र कोषकै कोषअध्यक्ष सुबेदी लगायत अन्य केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएका हुन् । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै ज्याकेटमा लुकाएर भेटी लुकाएर लैजाने गरेको खुलेको छ ।

    कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर ८ जनालाई अनुसन्धानका लागि जिम्मा लगाएको थियो ।
    पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरको ढोकापाले नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीहरु अनिल परियार, सञ्जय कपाली र कुमार दमाई रहेका छन् ।

    पक्राउ परेका मध्ये मन्दिरको ब्राह्मण राम सापकोटा र लक्ष्मण सापकोटाको संलग्नता नदेखिएको भन्दै आज प्रहरीले छाडेको प्रवक्ता अधिकारीले जानकारी दिए । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    भेटी संकलनको जिम्मेवारी नायव सुब्बा ढोडारीले हेर्दै आएका थिए । तर, कोषाध्यक्ष सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई खटाएको स्रोतले बतायो ।

    दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुने पशुपतिमा दैनिक १० देखि १५ हजार रुपैयाँसम्म चोरी हुने गरेको देखिएको छ । उनीहरुमाथि सीसीटीभी फुटेज र अन्य प्राविधिक पाटोबाट थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाका डीएसपी केशवराज थेबेले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend