logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • विमानस्थलको धावनमार्गमा ‘खाल्डो’ परेपछि राेकिएका सबै उडान सुचारु

    विमानस्थलको धावनमार्गमा ‘खाल्डो’ परेपछि राेकिएका सबै उडान सुचारु

    1.5K
    Shares
    विमानस्थलको धावनमार्गमा ‘खाल्डो’ परेपछि राेकिएका सबै उडान सुचारु

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आज ‘खाल्डो’ परेपछि बन्द भएको आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान सुचारु भएको छ ।

    विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेपछि करिब ४५ मिनेटका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको भएपनि अहिले सुचारु भएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

    उनले भने, “धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको थियो, अहिले समस्या समाधान गरेर सुचारु गरिएको छ ।”

    धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परे काठमाडौँ आएका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend