logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादीले बाेलायाे संसदीय दलको बैठक

    माओवादीले बाेलायाे संसदीय दलको बैठक

    1.1K
    Shares
    माओवादीले बाेलायाे संसदीय दलको बैठक

    काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्ने भएकाे हाे ।

    जेठ १५ गते संसद्‌मा अर्थमन्त्री वर्षमान पुनले पेश गरेकाे आर्थिक वर्ष २०८१/८२ को बजेट सम्बन्धमा छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको हो ।

    बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend