logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री दाहाल

    योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री दाहाल

    749
    Shares
    योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन् । शुक्रबार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि र योगको धरोहर भएको बताए । उनले नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिने बताए । उनले नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो । त्यसैले योग नेपालकै अमूल्य निधि भएको बताए ।

    उनले भने, ‘नेपालको ऐतिहासिक अध्ययन तथा हाम्रा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि हो र यो योगको धरोहर पनि हो । नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ ।

    मठ, मन्दिर र मूर्तिकलामा होस् वा चित्रकलामा, पौवा, थान्का सबैतिर योगको नै प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा, इनार, राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको अहिले पनि देख्न सक्छौँ । नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो । त्यसैले योग नेपालकै अमूल्य निधि हो ।’

    प्रधानमन्त्री दाहालले प्राकृतिक हिसावले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासको उत्तम भूमि भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend