logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पथान्तरण गर्न बन्द

    मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पथान्तरण गर्न बन्द

    756
    Shares
    मेलम्चीमा बाढीसँगै पानी काठमाडौं पथान्तरण गर्न बन्द

    काठमाडौँ । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ ।

    मनसुन सक्रिय भएसँगै अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्याएकोसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो ।

    साथै मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरु समेत त्रसित बनेका छन् । गत आईतवार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरु बाढीको त्रासमा रात कटाइरहेका छन् ।

    आईतवार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आईतवार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो ।

    पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।

    मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend