logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्छ : सांसद दाहाल

    सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्छ : सांसद दाहाल

    308
    Shares
    सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्छ : सांसद दाहाल

    काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्ने बताएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले बजेटका लागि फागुनदेखि नै छलफल शुरु भएपनि कहाँ र कसले गर्छ भन्नेकुरा जानकारीमा नरहेको बताए । उनले छलफलबाट आएका सुझाव भन्दा पनि मन्त्रीले गोजीबाट निकाले योजना दिने र बजेट सोही अनुसार ल्याउने गरेको बताए । उनले ५० हजारका बजेट पनि संघ सरकारबाट विनियोजन हुनेकुरा लज्जाजनक रहेको बताए ।

    उनले भने, ‘बजेटका लागि फागुनदेखि नै छलफल शुरु हुन्छ । तर कहाँ छलफल हुन्छ, कसले छलफल गर्छ, थाहा छैन । अनि लास्टमा मन्त्रीका गोजीबाट निकालेर लिस्ट दिने काम हुन्छ । यही सरकार निर्णय गर्छ, तीन करोड भन्दा तलका योजनाहरु प्रदेशमा पठाउने भन्छ, यही सरकार के गर्छ भने ५ लाख, दुई तीन लाखका पनि होलान्, कहीँ त ५० हजारका पनि छन् भन्ने सुनेको छु । केन्द्रिय बजेटमा छ ।

    सांसदहरुको नेतृत्वमा त्यो छलफल गर्नुपर्छ । फागुनभरमा त्यो छलफल समाप्त गर्नुपर्छ । देशभरका योजना कलेक्शन गर्नुपर्छ । र सन्तुलित विकासका अवधारणाअनुसार त्यो बजेट विनियोजन गर्नुपर्छ । सबै क्षेत्रमा पुगोस् । मन्त्रीहरुका क्षेत्रमा बढी भयो भनेर हल्ला भएको छ ।

    जो भौतिक पूर्वाधार मन्त्री भयो, जो शहरी विकास मन्त्री भयो, जोजो मन्त्रीहरु भए उहाँहरुकै क्षेत्रमा बजेट केन्द्रित भएको र ठूला ठूला नेताहरुको क्षेत्रमा भनेर आएको छ ।’

    सांसद दाहालले बजेट विनियोजन गर्दा वैज्ञानिक विधि अपनाउनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend