logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

    प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

    938
    Shares
    प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।

    नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

    एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।

    एमालेले शुक्रबार संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend