logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छः प्रेम सुवाल

    नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छः प्रेम सुवाल

    532
    Shares
    नयाँ सरकारले जनताका सबै खालका अफ्ठ्यारो सल्टाउनु पर्छः प्रेम सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अफ्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।

    विगतका सरकारहरुले भ्रष्टाचारलाई बढावा दिएको, जनताको पक्षमा काम नगरेको उल्लेख गर्दै उनले नयाँ सरकारले बाढी, डुबान पीडित जनतालाई राहत दिन ढिलाई गर्न नहुने पनि बताए ।

    शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतबारे आफ्नो धारणा राख्दै सांसद सुवालले पटक पटक सरकार बन्ने परिपार्टीको अन्त्य गर्नुपर्ने पनि बताए ।

    उनले भने, ‘आउने सरकारले संसदलाई प्राज्ञिक थलो बनाउने, जनताका अफ्ठ्यारो सल्टाउने थलो बनाउने, पहिरो र डुबानबाट जनतालाई सुरक्षित राख्ने र पीडितलाई सम्बोधन गर्ने अपेक्षा गर्दछु । प्राकृतिक विपद त बर्षेनी देखिएको हो । सरकारहरु पूर्वसावधानी गम्भिर नहुँदा जनधनको ठूलो क्षति भएको हो ।’

    सांसद सुवालले नयाँ सरकारले संसदलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend