logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटना : मृतकको पोस्टमार्टम सुरु

    सौर्य एयरलाइन्सको जहाज दुर्घटना : मृतकको पोस्टमार्टम सुरु

    581
    Shares
    सौर्य एयरलाइन्सको जहाज दुर्घटना : मृतकको पोस्टमार्टम सुरु

    काठमाडौं । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उनीहरुको पोस्टमार्टम सुरु भएको हो ।

    पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् ।

    मृतकको आफन्तले दिएको हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरिएको हो ।

    सबैको पहिचान भएपछि मात्रै आफन्तलाई शव दिइने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend