काठमाडौं । इजिप्टको आपूर्ति र आन्तरिक व्यापार मन्त्रालयले अनुदानित रोटी उत्पादन गर्न स्थानीय र आयातित गहुँको बिक्री मूल्य लगभग २० प्रतिशतले बढाएको छ । जुन यस अगस्टदेखि लागू हुनेगरी प्रतिटन १३ हजार ७५० (लगभग २८१.७४ अमेरिकी डलर) तोकिएको छ ।
जसको विवरण सरकारी कागजातमा उल्लेख छ । मिलहरूले स्थानीय रोटी बेकरीहरूलाई आपूर्ति गरिएको पीठोको मूल्य पनि अगस्टको शुरुदेखि इजिपी १६ हजार (लगभग ३२७.८४ अमेरिकी डलर) प्रतिटनमा बढाएको छ । इजिप्ट गहुँको विश्वको सबैभन्दा ठूलो आयातकर्ता हो ।
ठूलो खाद्य सहायता कार्यक्रमको एक भागको रूपमा ७० मिलियन भन्दा बढी बासिन्दाहरूलाई अनुदानित रोटी प्रदान गर्दछ । सञ्चारमाध्यमका अनुसार अनुदानमा दिइने रोटीको मूल्यमा कुनै परिवर्तन नहुने भएकाले यो वृद्धि राज्यको बजेटले व्यहोर्ने छ ।