logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • श्रमिकको पसिनाको कमाइलाई सुरक्षित घर पुर्याउँदै सिटी एक्सप्रेस

    श्रमिकको पसिनाको कमाइलाई सुरक्षित घर पुर्याउँदै सिटी एक्सप्रेस

    2.1K
    Shares
    श्रमिकको पसिनाको कमाइलाई सुरक्षित घर पुर्याउँदै सिटी एक्सप्रेस

    दोहा (कतार) । परदेशमा दिन र रात नभनी जस्तो पनि काम गर्दै पसिना बगाएर पैसा कमाउनेहरुसँग जीवनमा के सपना हुनसक्छ ? सामान्यतयाः नेपालमा रहेका घरपरिवार सुःखसँग बाँचुन र सन्तानले शिक्षादिक्षा राम्रो पाउन भन्ने हो ।
    त्यहाँभन्दा पर सोच्ने हो भने श्रमिकको एउटा चिटिक्क परेको सानो घर बनाउने र सुःखसँग जीवन जिउनेबाहेक अरुथोक हुन्न । यही सपना पूरा गर्न उनीहरु दिन र रात नभनी पैसा कमाउन विदेशमा ज्यानको बाजी लगाएका छन् ।

    तर, उनीहरुको चिन्ता दुःख गरी कमाएको पैसा नेपालमा रहेका आफन्तका हातमा सुरक्षित पुग्छ कि पुग्दैछ भन्ने हुन्छ ।

    कुनै समय यस्तो पनि थियो, जतिबेला पैसा सहजै पुर्याउनु निकै गाह्रो थियो । पैसा पठाएपछि आफन्तले हातमा परेको खबर फोनबाट नसुनाउँदासम्म निद्रा पर्दैनथ्यो । तर, अहिले त्यो समस्या हटेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर जस्ता रेमिट्यान्स कम्पनीले कतारलगायतका मुलुकमा कार्यरत श्रमिकको पसिनाको कमाईलाई सुरक्षित घर पुर्याउने जिम्मा लिएको छ । त्यसैले त श्रमिकहरुले आफ्नो जीवनभरीको पैसा सिटी एक्सप्रेसका हातमा निर्धक्कसँग सुम्पन्छन् ।

    सिटी एक्सप्रेस कतारका कन्ट्री हेड प्रश्न पराजुली आफूहरुले सुरक्षित मात्रै होइन तुरुन्तै पैसा पठाउने गरी सेवा दिइरहेको बताउँछन् । ‘यहाँबाट पठाएको रेमिट्यान्स नेपालमा रहेकाले तुरुन्तै पाउँछन, सिटी एक्सप्रेसका कार्यालयमार्फत मात्रै नभइ कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा तुरुन्तै पैसा पुर्याउने गरी सेवा दिइरहेको छ”, उनले सुनौलो नेपालसँग भने ।

    कम्पनीले कतारका ५० प्रतिशतभन्दा बढी मनी एक्सचेञ्जसँग सहकार्य गरिरहेको पराजुलीले सुनाए । उनका शब्दमा कतारमा कार्यरत नेपाली श्रमिकमध्ये ८० देखि ८५ प्रतिशतसम्मले मनी एक्सचेञ्ज काउन्टरबाटै पैसा नेपाल पठाउँछन् । त्यसैले कतारका अधिकांश एक्सचेञ्ज काउन्टरसँग आफूहरुले सहकार्य गरिरहेको उनको भनाइ छ । त्यसैले कतारमा सिटी एक्सप्रेसको व्यावसायको आकार बढेको र सबैको विश्वास जित्न सफल भएको उनले सुनाए ।

    ‘अहिले अधिकांश श्रमिकका लागि सिटी एक्सप्रेस विश्वास र भरोसा बनेकोमा हामीलाई निकै खुसी लाग्छ । उहाँहरुलाई सेवा दिन पाउँदा हामीलाई गौरव गर्छौ”, उनले भने ।

    त्यति मात्रै होइन, सिटी एक्सप्रेसले सेवाग्राहीलाई अझ सहज सुविधा दिने उद्देश्यले वालेट पनि सुरु गरेको छ । जसमार्फत ग्राहकले तुरुन्तै रेमिट्यान्स पठाउन सक्छन् । कतारका कुनै पनि मनी एक्सचेञ्जबाट कम्पनीको वालेटमा पैसा पठाउन सकिने पराजुलीले जानकारी दिए ।

    विश्वव्यापी ‘नेटवर्क’

    सिटी एक्सप्रेस मनी ट्रान्सफर सिटी एक्सप्रेस ग्रुपअन्तर्गत कम्पनी हो । जसले विश्वका कैयौँ मुलुकमा व्यवसायिक सञ्जाल (नेटवर्क) विस्तार गरिसकेको छ । वैधानिक च्यानलमार्फत नेपालमा रेमिट्यान्स ल्याउने अभियानका साथ सन् २००७ मा स्थापना भएको सिटी एक्सप्रेस नेपालको प्रमुख रेमिट्यान्स कम्पनीमा पर्छ । कम्पनीले नेपालका विभिन्न २५ हजार स्थानबाट रेमिट्यान्स भुक्तानी अर्थात् ‘पेआउट’ सुविधा दिइरहेको छ ।

    कम्पनीले हाल विश्वका एक सयभन्दा बढी विदेशी मुद्राको कारोबार गर्दै आएको छ । सिटी एक्सप्रेसले विश्वका विभिन्न स्थानमा दुई सयभन्दा बढीलाई रोजगारी दिइरहेको छ । कम्पनीले हाल साउदी अरेबियाका तीन स्थान, कतार, मलेसिया, कुबेत, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, इन्डोनेसिया, जापान, भियतनाम, कम्बोडिया, इराक, साइप्रस, डेनमार्क, नर्वे, जर्मनी, बेल्जियम, फ्रान्स, बेलायत, क्यानडा र अमेरिकामा आफ्नो सेवा उपलब्ध गराएको छ ।

    ग्राहकलाई विशेष सुविधा

    सिटी एक्सप्रेसले नेपालस्थित केन्द्रीय कार्यालयबाट प्रत्येक वर्षको दसैंलगायतका अवसरमा ल्याउने विभिन्न योजनालाई कार्यान्वयन गर्दै कतारमै पनि ग्राहकहरुका लागि छुट्टै अफर ल्याउने गरेको छ । ‘नेपालबाट जारी हुने अफरले सबै देशबाट रेमिट्यान्स पठाउनेले भाग लिन पाउँछन् । कतारमा पनि कम्पनीले विशेष अफर ल्याउने गरेको छ’, पराजुलीले भने, ‘केही समयअघि इस्लामिक एक्सचेञ्जसँग सहकार्य गरी अफर ल्याएका थियौँ ।’

    उनका अनुसार अफर ल्याउँदा कम्पनीलार्ई ब्राण्ड प्रवद्र्धनको अवसर मिल्छ भने ग्राहकका लागि भाग्यशाली उपहार जित्ने अवसर प्राप्त हुन्छ । कतारको सम्बन्धित मन्त्रालय र नगरपालिकाबाट अनुमति लिएर हालै इस्लामिक एक्सचेञ्जसँग ल्याइएको अफरमा २५ जना ग्राहकका लागि साढे २ ग्राम सुनको सिक्का, ४३ इञ्चको टिभी, ल्यापटप, मोबाइललगायतका उपहार राखिएको उनले जानकारी दिए ।

    ‘सिटी एक्सप्रेसबाट नेपाल पैसा पठाउँदा कसैलाई आफूलाई काम लाग्ने सामान पाउन सके त्यो पनि कुरा हुन्छ भन्ने सोचले यसप्रकारको अफर कम्पनीले ल्याइरहेको छ’, उनले भने ।

    अर्थतन्त्रमा ठूलो योगदान

    नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा विप्रेषणको हिस्सा २४ प्रतिशत छ । यो तथ्याँकले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको देखाउछ । नेपालको विदेशी मुद्रा सञ्चितिको मुख्य स्रोत रेमिट्यान्स हो । त्यसबाहेक पर्यटन र विदेशी सहयोग, वस्तु निर्यातलगायतबाट पनि विदेशी मुद्रा प्राप्त हुन्छ ।

    तर यसमा सबैभन्दा ठूला हिस्सा रेमिट्यान्सको छ । रेमिट्यान्सका कारण अहिले नेपालको विदेशी विनिमय सञ्चिती सबैभन्दा उच्च विन्दु अर्थात २० खर्ब रुपैयाँ नजिक ( १४ अर्ब ७२ करोड डलर) छ । रेमिट्यान्सले गर्दा बाहिर जाने र भित्र आउने रकमको अन्तर (शोधानान्तर) अवस्था ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाएको छ ।

    रेमिट्यान्स वैदेशिक रोजगारीका सिलसिलामा कतार जस्ता विदेशी मुलुकमा काम गर्ने कामदारले पठाउने रकम हो । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको खाडी मुलुकमध्ये कतारमा सबैभन्दा धेरै छन् । विभागका अनुसार पछिल्लो १० वर्षमा झण्डै १० लाख कामदार कतार पुगेका छन् ।

    सन् २००७ देखि रेमिट्यान्स व्यवसाय सञ्चालन गर्दै आएको सिटी एक्सप्रेसका कन्ट्री हेड प्रश्न पराजुली यसरी मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने श्रमिकहरुका लागि भने सरकारले उचित सम्मान दिन नसकेको बताउँछन् ।

    उनीहरुलाई न त कुनै सुविधा दिइएको छ न कुनै सहजता नै प्रदान गरिएको छ । पराजुली सरकारले उचित सुविधा दिन नसक्दा श्रमिकहरुले कहिलेकाँही गैरकानूनी माध्यमबाट पैसा पठाउने गरेको आफूले पाएको बताउँछन् । उनी औपचारिक प्रणालीबाट पैसा नेपाल पठाउनका लागि श्रमिकहरुलाई थप सुविधा दिनुपर्ने तर्क गर्छन् ।

    आठ महिनामा झण्डै ५३ करोडको कारोबार

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले सन् २०२३/२४ को आठ महिनामा झण्डै ५३ करोड रुपैयाँ (अपरिष्कृत) कारोबार गरेको छ । कम्पनीले २०२२/२३ मा ८८ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो भने सन् २०२१/२२ मा ८९ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो ।

    यस्तै सन् २०२०/२१ मा ८५ करोड र २०१९/२० मा ७६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले हाल ६० वटा अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुसँग साझेदारी गर्दै नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ ।

    श्रमिकको उचित सम्मान होस् : प्रवासी नेपाली

    विगत २६ वर्षदेखि कतारमा कार्यरत प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेल रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा ठूलो योगदान गर्ने श्रमिकले नेपाल फर्किदा विमानस्थलबाटै समस्या भाग्नु परेको बताउँछन् ।
    देशको जनसंख्याको झण्डै एक तिहाई प्रवासमा रहेर विप्रेषणमार्फत देशको ६५ प्रतिशत आर्थिक भार धानिरहेको हुँदा रेमिट्यान्स पठाउने श्रमिकहरूलाई सरकारले उचित सम्मान र सेवा सुबिधा दिन नसक्दा गैरकानुनी माध्यमबाट समेत पैसा नेपाल भित्रिएको बताउँछन् ।

    ‘मध्यपूर्व र मलेसियाबाट जाने श्रमिक नेपालीलाई विमानस्थलमा यूरोप र अमेरिकाबाट आउनेको तुलनामा गर्ने व्यवहार नै फरक हुन्छ, हामीले धेरै दुःख गरेर कमाएर लगेको ५० ग्राम सुन, मोबाइललगायतका सामानमा पनि दुःख दिने गरिएको छ”, उनले भने, “घर परिवारलाई खशी बनाउन सामान लैजाँदा पनि गाह्रो बनाउने काम हुन्छ ।’ सरकारले रेमिट्यान्स पठाएका आधारमा श्रमिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसको सुरुआत विमानस्थलबाटै हुनुपर्ने बताउँछन् ।

    ‘बंगलादेश, पाकिस्तान र श्रीलंका जस्ता देशले रेमिट्यान्स पठाउनेलाई आकर्षक प्याकेज दिएका छन् । बंगलादेशले रेमिट्यान्सबाट पैसा पठाउँदा २.५ प्रतिशत उल्टै थपेर दिन्छ, पाकिस्तानले एक सय डलरभन्दा बढी पठाउँदा सेवा शुल्क लिँदैन । तर, नेपालले सुविधाभन्दा पनि सास्ती बढी दिएको छ । यो विषयलाई गम्भीर रुपमा लिएर तत्कालै सरकारले सम्बोधन गरोस्”, उनले भने

    सरकारले कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपिओ) का क्रममा रेमिट्यान्स पठाउनेलाई आरक्षणको व्यवस्था गरिसकेको छ । यद्यपि, त्यो पर्याप्त छैन । सरकारले पनि रेमिट्यान्स पठाउनेहरुलाई बंगलादेश पाकिस्तानले जस्तै सुविधा दिने हो भने नेपालमा औपचारिक प्रणालीबाट आउने रेमिट्यान्स अझ धेरै हुने उनले दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend