logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • आन्तरिक पर्यटकको गन्तव्य बन्दै सिप्टिचौर (फोटो फिचर)

    आन्तरिक पर्यटकको गन्तव्य बन्दै सिप्टिचौर (फोटो फिचर)

    1.2K
    Shares
    आन्तरिक पर्यटकको गन्तव्य बन्दै सिप्टिचौर (फोटो फिचर)

    सनत हमाल / मुगु । मुगुस्थित छायानाथ रारा नगरपालिका वडा न ७ मा पर्ने सिप्टीचौर पाटन आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । देशकै ठूलो ताल राराताल पुग्दा जुम्लाको बुलबुले क्षेत्र कटेपछि यहि पाटन भएर आउनु पर्ने भएकाले पर्यटकहरु यो पाटनमा नओर्ली रहन सक्दैनन् ।

    वरिपरि घना जङ्गल पाटनमा चरिरहेका वस्तुभाउ, चराचुरुङ्गीहरुको चिरचिराट अनि हरियो गलैचा विच्छाए जस्तो बीचमा पाटन छेउमै सेतो सडक यस्तो दृश्य देखे कस्को मन नलोभिएला र ? रारा घुम्न आउने पर्यटकलाई यो पाटनमा पुगेपछि रमाइलो गर्न र व्यक्तिगत तथा सामुहिक फोटाहरु खिच्न मन लागि हाल्छ ।

    No description available.

    सुर्खेत, नेपालगञ्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकहरुलाई यहि सिप्टिचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टिचौरमा भेटिएका रारा घुम्न आएका बर्दिया तारातालका रन्जन शर्मा बताउँछन् ।

    उनीसँगै बाइकमा सवार बर्दियाकै निकल बस्नेतले भने, ‘कर्णालीको विजोक सडक, दुर्गमतामा जटिल यात्रा गर्दै आउँदा यहि सिप्टिचौरले सबै कष्ट, दुख भुलाउँदो रहेछ । यहाँ पुग्दा लाग्यो बेग्लै संसारमा छौ ।’

    सिजनमा दैनिक जसो यहाँ प्राकृतिक सुन्दरतामा रमाउन सय दुइ सय जना आन्तरिक पर्यटकहरु पुग्ने गरेको छायानाथ रारा नगरपालिका वडा न ७ का निवर्तमान वडा अध्यक्ष हरिचन्द्र शाही बताउँछन् । उनी भन्छन्, ‘बर्खा सिजनमा यो पाटनमा गाई, भैँसिका खर्क समेत हुने भएकाले यो पाटन भएर आउने पर्यटकहरुले प्राकृतिक सुन्दरतामा रमाउनुका साथै दहि, दूध, घिउ पनि धित मरुन्जेल खान पाउँछन् ।’

    No description available.

    पछिल्लो समय रारा पुग्ने पर्यटकहरुको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ती, कार्यालय तथा संघ सस्थाहरुले उत्सव मनाउने, कार्यक्रम आयोजना गर्दै आएका छन् ।

    यो पाटनबाट सवारी साधनमा रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरु अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने विहान १–२ घण्टा सिप्टीचौरमा रमाउने त्यसपछि रारा पुग्ने गरेका छन् ।

    सिप्टिचौरमा पर्यटकमैत्री भौतिक पुर्वाधारको कुनै पनि विकास गरिएको छैन अहिले जे छ त्यो प्राकृतिक मात्र छन् । यहाँ पर्यटकहरुलाइ भुलाउने अन्य संरचनाहरु बनाउन सकिएमा पर्यटकहरुको बसाइ लम्विने र मुगु तथा जुम्लाका जनताले यसको फाइदा लिन सक्ने सामाजिक अभियान्ता मीन रावल बताउँछन् ।

    No description available.

    उनी हिरिसडेक नेपाल नामक गैरसरकारी सँस्थाका सँस्थापक अध्यक्ष हुन् । शनिबार उनको सँस्थाको १७ औँ वार्षिक साधारण सभा तथा ५औँ जिल्ला अधिवेशन यहि सिप्टिचौरमा आयोजना गरिएको थियो ।

    ‘प्राकृतिक सुन्दरतासँगै रमाउँदै कार्यक्रम गर्नुको मजा भनेर साध्य छैन’ उनले भने, ‘यो ठाउँमा जति रमाए उति रमाउँ रमाउँ र बसौँ बसौँ लाग्छ ।’

    सिप्टिचौर रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने यहाँ पुग्ने पर्यटकहरुले निकुञ्जको नियम भित्र रहेर आफ्ना गतिविधि गर्नुपर्ने हुन्छ ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend