logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा

    भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा

    350
    Shares
    भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो ।

    बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित राजनीतिक दलहरुले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरुले गम्भीर त्रुटी गरिरहेको बताए ।

    उनले पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने बताए । उनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्नेगरी छलफल भइरहेको बताए ।

    उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रस्तुत गर्नेगरी समितिबाट पास भएको र त्यसबारेमा नेताहरुले बोल्दा समर्थनमा बोल्नेबारेमा पनि छलफल भएको बताए ।

    साथै बैठकमा आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend