logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • इजिप्टको बेरोजगारी दर पहिलो ६ महिनामा ६.५ प्रतिशतमा घट्यो

    इजिप्टको बेरोजगारी दर पहिलो ६ महिनामा ६.५ प्रतिशतमा घट्यो

    483
    Shares
    इजिप्टको बेरोजगारी दर पहिलो ६ महिनामा ६.५ प्रतिशतमा घट्यो

    एजेन्सी । इजिप्टको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ६.५ प्रतिशतमा झरेको छ । जुन पहिलो त्रैमासिकमा ६.७ प्रतिशत रहेको देशको आधिकारिक तथ्याङ्क निकायले बिहीवार जनाएको छ ।

    सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेसन एण्ड स्ट्याटिस्टिक्स (क्यापमास) का अनुसार पुरुष बेरोजगारी दर अघिल्लो त्रैमासिकको ४.४ प्रतिशतबाट दोस्रो त्रैमासिकमा ४.२ प्रतिशतमा झरेको छ भने महिलाको बेरोजगारी दर पहिलो त्रैमासिकको १६.५ प्रतिशतबाट बढेर १७.३ प्रतिशत पुगेको छ ।

    कुल श्रमशक्ति अघिल्लो त्रैमासिकमा ३१.४० मिलियनबाट थोरै बढेर ३१.४२ मिलियनमा पुगेको छ । जसमा शहरी क्षेत्रमा १३.८६ मिलियन र ग्रामीण क्षेत्रमा १७.५६ मिलियन रहेको छ । पुरुषले २५.८० मिलियन कार्यबल बनाएका छन् भने महिलाको हिस्सा ५.६२ मिलियन भन्दा बढी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend