logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेस-एमालेको गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको छ : माधव सापकोटा

    कांग्रेस-एमालेको गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको छ : माधव सापकोटा

    511
    Shares
    कांग्रेस-एमालेको गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको छ : माधव सापकोटा

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कांग्रेस-एमालेको सत्तारुढ गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु बढाउने दुई ठूला दलको गठबन्धनले राज्य शक्तिको दोहन गरिरहेको स्पष्ट भएको सांसद सापकोटाको भनाई थियो ।

    उनले दुइ ठूला दलको सत्ता बन्धनको धरातल पनि कमजोर रहेको जिकिर गरे ।

    सांसद सापकोटाले भने, ‘संघमा दुई ठूला दलहरु मिलेर सरकार बनेको झन्डै २ महिना पुग्न लाग्यो । तर प्रदेश सरकारहरुको अवस्था हेर्दा यो समिकरणको धरातल उदांगो भएको छ । कोशीमा सरकारले अझै पूर्णता पाउन सकेको छैन । गण्डकीमा ७ वटा मन्त्रालय छन । १० वटा मन्त्रालयको छलफल चलिराखेको छ । कर्णालीमा अर्को एक जना मन्त्री थप गरियो ।

    वागमतीमा मन्त्रालयको टुंगो नलागिकन विना विभागीय मन्त्रीहरुको सपथ छ । लुम्विनी र सुदूरपश्चिममा मन्त्रीहरु बढाउने र मन्त्रीहरु थप्ने तयारी भईराखेको छ । मधेशको कुरै गर्नु परेन । मधेशमा राज्यमन्त्री र मन्त्रीहरुको लर्को र सम्बन्धित मुख्यमन्त्रीको दलको स्पष्टिकरण । यी सबै कुरा हेर्दा र कर्णाली प्रदेशमा गरिएको एक सर्भेक्षणले के देखाउँछ भने एउटा मन्त्रालयबाट बढाउँदा बार्षिक १० करोड बराबरको लागत बढन जान्छ ।

    यसरी हेर्दा आन्तरिक आम्दानीले साधारण खर्च धान्न नसकेको देखिएको छ । समग्रमा हेर्दा दुई ठूला पार्टीको गठबन्धन राज्यशक्तिको दोहनका लागि भएको भन्ने स्पष्ट छ ।’

    सांसद सापकोटाले ठूला दलले प्रदेश सरकार बनाउने कामलाई अझै पूर्ण दिन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend