logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारी कार्यालयमा बसेर कर्मचारीले सेयर कारोबार गर्न नपाउने

    सरकारी कार्यालयमा बसेर कर्मचारीले सेयर कारोबार गर्न नपाउने

    1.9K
    Shares
    सरकारी कार्यालयमा बसेर कर्मचारीले सेयर कारोबार गर्न नपाउने

    काठमाडौं । अब देशभरिका सबै सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर कारोबार गर्न नपाउने भएका छन् । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा अब सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गरिने भएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

    टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।

    यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।

    पत्रमा भनिएको छ,’उपरोक्त सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र सङ्ख्या २०८१ / ८२ चलानी नं. ११८६५ मिति २०८१/०५/२१को कार्यालयमा TMS नचलाउने व्यवस्था सम्बन्धमा विषय रहेको पत्रबाट नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा TMS नचलाउने व्यवस्था हुन र सो समयमा TMS चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखी आएकोले आयोगको पत्रानुसार गर्नु गराउनु हुन आदेशानुसार अनुरोध गर्दछु ।’

    pm


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend