logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    378
    Shares
    चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ।

    बिहान ११ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बैठकमा विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ। समितिको यो बयालिसौं बैठक हो ।

    त्यस्तै, बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची तय छ ।

    आज प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । सिंहदरबारस्थित समितिको सभा हलमा बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

    बिहीबार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि बैठक बस्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा समितिको बार्षिक प्रतिवेदनको मस्यौदालगायतको विषयमा छलफल हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend