logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एकैदिन तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कारण के ?

    एकैदिन तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कारण के ?

    882
    Shares
    एकैदिन तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कारण के ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    आज शुक्रबार सुन तोलामा १५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सुन आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भैरहेको छ ।

    यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । हिजो बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको थियो ।

    बिहीबार सुन बजारमा ब्याजदर कटौतिको उल्टो असर पर्दा मूल्य घटेको थियो तर आज भने सुनको मूल्य बढेको छ ।

    पछिल्लो सयम सुनको मूल्यमा उतारचढाव हुँदै आएको छ । दैनिक जसो सुनको मूल्य बढिरहेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौति गरेसँगै त्यसको असर सुनमा परेको हो । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि यसको प्रभाव सुनमा पर्दा मूल्य बढेको महासंघले बताएको छ ।

    फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको मूल्य बढेको छ ।

    यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यो पनि : 

    फेडरल रिजर्भ ब्याजदर कटौतिको उल्टो असर, घट्यो सुनको मूल्य


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend