logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • पूर्वडिआइजी जोशीलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

    पूर्वडिआइजी जोशीलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

    833
    Shares
    पूर्वडिआइजी जोशीलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आज म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    उनी आइतबार काठमाडौंबाट पक्राउ परी पोखरा लगिएका थिए । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

    सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

    सूर्य थापा नेतृत्वको सहकारी रकम छानबिन संसदीय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा जोशीसहितको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

    सूर्यदर्शन वचत तथा ऋण सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी जोशीलाई पक्राउ गरेको हो ।जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो ।

    संसदीय समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन भदौ ३१ मा समितिले संसद्लाई बुझाएको थियो । सोही प्रतिवेदन गृहमन्त्रालयले आइतबार मात्रै प्रहरीलाई कार्यान्यनका लागि पठाएको थियो ।

    यो पनि :

    सहकारीको वचत अपचलन मुद्दामा गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend