logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल

    आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल

    483
    Shares
    आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल

    मेष : शुभकार्यमा अवरोध हुनेछ। व्यापारमा घाटा र मन अशान्त हुनेछ। राजनीतिक संगठनमा समस्या हुनसक्छ। न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

    वृष : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परिवारले साथ दिनेछन्। तपाईंलाई ग्रहले साथ दिएका छन्। बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ।

    मिथुन : कार्यशैलीकै कारण मन अशान्त बन्नेछ। साना कुराले सताउने छ। इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

    कर्कट : शुभग्रहको बहुमत भएकाले काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ। शान्ति र सम्पत्तिले साथ दिनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : मन अशान्त बन्नेछ। शंका गर्नेको संख्या बढ्नेछ। साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन्। परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

    कन्या : दैनिकी राम्रो छ। सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ। लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ। सम्पत्ति र खर्च बराबर हुनेछ।

    तुला : नसोचेको क्षति हुनसक्छ। राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ। बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ। बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ। आफन्तबाट धन आर्जन हुने योग रहेको छ। गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ।

    धनु : राम्रो कामको सुरुवात हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ। दिन शान्त र सहजै बित्ने देखिन्छ।

    मकर : धर्मस्थानमा अनुकुल ग्रह बसेका छन्। पितृले आर्शिवाद दिने दिन छ। राज्य र साथीबाट साथ र सहयोग रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। भ्रमणको अवसर जुट्नेछ।

    कुम्भ : अचानक रोग देखिने छ। मनमा रोग बढ्नेछ। मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। यसले दिन शान्त र परिवारमा मेलमिलाप हुनेछ।

    मीन : भाग्य चम्किने दिन छ। आफू शान्त बन्न सके सबै काम बन्नेछन्। राज्य र समाजको सेवामा अवसर मिल्नेछन्। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend