logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मर्मत नहुँदा पकरी-भारदह सडकखण्डमा जोखिमपूर्ण यात्रा

    मर्मत नहुँदा पकरी-भारदह सडकखण्डमा जोखिमपूर्ण यात्रा

    546
    Shares
    मर्मत नहुँदा पकरी-भारदह सडकखण्डमा जोखिमपूर्ण यात्रा

    राजविराज (सप्तरी) । सप्तरीको पकरी–भारदह सडकखण्ड मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ ।

    उक्त सडकखण्डको अर्जीदेखि गंगापुर हुँदै ढोरबाबाचोक सम्म करिब तीन किलोमिटर सडक निर्माणाधीन अवस्थामै छाडिएकाले पैदल यात्रु र सवारी चालकहरुलाई यात्रा गर्न कठिन भएको हो ।

    हुनुमाननगर कंकालनी नगरपालिका–४स्थित अर्जीदेखि गंगापुर सम्मको सडक गत बर्षको बाढीले कटान गरेपछि भासिएको थियो । भासिएको सडक मर्मत नहुँदा आवतजावत गर्न कठिनाई भएको स्थानीयबासीले बताए ।

    अटो चालक महेन्द्र मण्डलले यो सडकखण्ड जोखिमपूर्ण भएको बताए । उनले भने, “यस बाटोमा ठुला साना खाल्डो रहेकोले कुनै पनि बेला अटो पल्टिन सक्छ ।”

    बाटो मर्मत नहुँदा दैनिक भारदह बजार जाने पैदल यात्री र सवारी साधन खाल्डाखुल्डी छिचोल्दै हिँड्नुपर्ने बाध्यता रहेको हनुमानगर कंकालनी नगरपालिका–४ मधुवापुरका इन्द्रदेव ठाकुरले गुनासो गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend