logo

२०८१ असोज २८ सोमबार

logo
  • सोमबार, २८ असोज २०८१
  • कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    364
    Shares
    कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

    निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

    गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यू गाउँपालिका–२का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९वर्षीय आकाश मगरलाई लागु औषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend