logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागू हुनु हुँदैन : मन्त्री दाहाल

    राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागू हुनु हुँदैन : मन्त्री दाहाल

    119
    Shares
    राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागू हुनु हुँदैन : मन्त्री दाहाल

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा वन ऐन लागू हुनु नहुने बताएका छन् ।

    सोमबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको हकमा वन ऐन लागु हुनु नहुने बताएका हुन् । उनले वन ऐनले आयोजनास्थलमा रुख काट्न नदिँदा आयोजनाहरु सम्पन्न हुन नसकेका भन्दै ती आयोजनाहरुमा वन ऐन लागू गर्नु नहुने बताए ।

    उनले ऐनहरु विकासका लागि बाधक भइरहेका बताए । विकासका लागि ऐनहरु बाधक हुनु नहुने भन्दै उनले वन ऐन पनि विकासका लागि बाधक हुनु नहुनेमा जोड दिए । उनले यस विषयमा आफूले कानून सच्याउनका लागि पहल गर्ने बताए । उनले नेपालमा ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र भएको भन्दै वन क्षेत्र कति चाहिने हो भन्नेकुरा पनि निश्चित हुनुपर्ने बताए ।

    उनले भने – ‘हाम्रो योजना तर्जुमा अव्यवस्थित नै छ । राष्ट्रिय योजना आयोगले राम्रा योजनाहरु बनाएको छ । योजना आयोगले बनाएका योजनासम्म कुनै असहमती राख्नुपर्ने कुनै कारण छैन । १६ औँ पञ्चवर्षिय योजना पनि हामीले सार्वजनिक गरिसकेका छौँ । तर योजना एकातिर काम अर्कोतिर गरिरहेको त छौँ नि हामी । माननीयहरुको अपेक्षा योजना आयोगले अगाडी सारेका कुराहरुसँग तालमेल खाँदैन ।

    विकासका लागि हाम्रा ऐनहरु बाधक छन् । त्यसमा कि त राष्ट्रिय गौरवका आयोजना भन्नुभएन । कि त राष्ट्रिय गौरवको आयोजनाको सन्दर्भमा वन ऐन आकर्षित हुनुभएन । म भर्खरै मदन भण्डारी राजमार्गको अवलोकन गर्न गएको थिएँ । बाटो बनिसकेको छ, बिचमा रुखहरु छदैँ छन् । पुल बनिसकेको छ । रुख नहटाएको कारणले बाटो चलेको छैन । त्यसकारण ऐनहरु बाधक हुनु भएन ।

    वन ऐनको सन्दर्भमा मेरो बेग्लै दृष्टिकोण छ, हामीलाई वन कति चाहिने भन्ने कुरा निश्चित हुनुपर्यो । राष्ट्रिय गौरवका आयोजनाहरु र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको हकमा वन ऐन लागु हुनु हुँदैन भन्ने मेरो धारणा रहेको छ । अब म आफैँ सरकारमा छु, त्यसले गर्दा मैले यसमा कानुनी कुरा सच्याउन पहल गर्नुपर्छ भन्ने ठानेको छु ।’

    उनले प्राकृतिक विपतिका कारण ३९ वटा सडकका ८११ स्थानमा अवरोध भएको र प्रारम्भिक क्षति ६ अर्ब २१ करोड रुपैयाँ रहेको बताए । त्यस्तै ९ वटा पुलहरु बाढीले क्षति गरेको र ६२ करोडको क्षति गरेको उनको भनाई छ ।

    उनले सडक र पुलको पुनर्निमाण गर्नका लागि जम्मा जम्मा १५ अर्ब ३० करोड रुपैयाँ लाग्ने पनि जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend