काठमाडौं – संसदको विशेष अधिवेशनको माग गर्दै नेकपा स्थायी कमिटि सदस्य भीम रावल, पम्फा भुसाललगायतका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै उनीहरु बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका हुन्।
उता प्रधानमन्त्री ओली सहभागी नभएपछि स्थायी कमिटि बैठक पनि अनिश्चित बनेको छ। सदस्यहरू बालुवाटारमा ओलीको प्रतिक्षामा रहेका छन्।