काठमाडौं – स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी ओलीसंग भेटवार्ता गरेका छन्।
बैठकमा पार्टी महासचिव बिष्णु प्रसाद पौडेल पनि सहभागी भएको बालुवाटार श्रोतले जनाएको छ।
बैठक बस्नुभन्दा अगाडी भएको ओली प्रचण्डको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डले कमिटीमा पेस गरेको प्रस्तावमा छलफल गर्ने भए आफु बैठकमा नआउने बताएका थिए।
१ बजेका लागि तोकिएको बैठकमा अन्य स्थायी कमिटि सदस्यहरुले लामो समयसम्म ओलीको प्रतिक्षा गरेपनि नआएपछि बैठक समेत अनिश्चित बनेको छ।